आजको दिन तपाईंका लागि कस्तो रहनेछ त ? ज्योतिषीय ग्रन्थ तथा ग्रहगत स्थितिका आधारमा १२ वटा राशिको फलकथन यसप्रकार छ :
-
मेष : दिन सहज रूपमा बित्नेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ भने आफन्तभन्दा अपरिचित व्यक्तिबाट सहयोग मिल्नेछ । शिक्षा क्षेत्रको लगानी फलदायी बन्नेछ र परिवारको पूर्ण साथ प्राप्त हुनेछ ।
-
वृष : दिन सामान्य नै छ । यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला । अचानक सञ्चित धन खर्च हुन सक्छ र साथीभाइबाट धोका पाइन सकिन्छ । स्वास्थ्यले साथ दिए पनि शिक्षामा जोस–जाँगर बढ्नेछ ।
-
मिथुन : आज तपाईंले गरेका कार्यमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रको रमझमले मन खिच्नेछ र यसतर्फको लगानी फाइदाजनक बन्नेछ । राजनीतिक तथा सङ्गठनात्मक प्रयास सफल हुनुका साथै परिवारसँग घुमघामको योग छ ।
-
कर्कट : मनमा केही अशान्ति छाउन सक्छ । औषधि उपचार भइरहेको छ भने स्वास्थ्यमा सुधार आउनेछ । शिक्षामा जोस–जाँगर र लगानीबाट नाफा मिल्नेछ । तर, परिवारमा आफ्नो विश्वास केही घट्ने जोखिम देखिन्छ ।
-
सिंह : दिन अत्यन्त शुभ छ । कुनै बौद्धिक व्यक्तित्वसँगको भेटघाटले मन प्रसन्न र हलुका हुनेछ । यद्यपि रोगको सामान्य प्रकोप बढ्न सक्छ । सङ्कटको घडीमा साथीभाइ र परिवारको साथ पाइनेछ ।
-
कन्या : दिन सामान्य नै रहनेछ । बौद्धिक व्यक्तिहरूसँगको वैचारिक टकरावले मन अशान्त बन्न सक्छ । सामान्य खानपानमा चित्त बुझाउनुपर्ने अवस्था आउन सक्छ भने अरूलाई बढी समय दिँदा परिवारमा मनमुटावको जोखिम छ ।
-
तुला : दिन रमाइलो र अनुकूल छ । मित्रहरूको साथ र सङ्गठनको बलमा राम्रा काम सम्पन्न हुनेछन् । स्वास्थ्यले पूर्ण साथ दिनेछ र रमाइलो घुम्ने अवसर जुरेको छ ।
-
वृश्चिक : बोलीको प्रभावले महत्त्वपूर्ण कामहरू बन्नेछन् । लगानीबाट लाभ मिल्नेछ र शिक्षामा गरिएको प्रयास प्रभावकारी हुनेछ । परिवारलाई खुसी पार्नका लागि भने केही मूल्य चुकाउनुपर्ने दिन छ ।
-
धनु : बिहानै सुभ समाचार सुन्न पाइने हुनाले मनमा उत्साह छाउनेछ । आफ्ना विचार र समस्या खुला रूपमा राख्नु लाभदायी हुनेछ । खानपानमा विशेष ध्यान दिनुपर्नेछ किनकि स्वास्थ्यमा केही समस्या देखिन सक्छ । राजनीतिक क्षेत्रबाट फाइदा हुनेछ ।
-
मकर : दिन सामान्य छ । सञ्चित धन खर्च हुन सक्छ । दाजुभाइ वा इष्टमित्रसँग सल्लाह गरेर मात्र अघि बढ्नु बुद्धिमानी हुनेछ, एकल निर्णयले घाटा पुर्याउन सक्छ । परिवारमा आफ्नो निर्णय लागू गराउन कठिन हुनेछ ।
-
कुम्भ : दिन निकै राम्रो छ । सोचेका योजनाहरू सहज रूपमा कार्यान्वयन हुनेछन् । कुनै विशेष कार्यको थालनी गर्नका लागि यो दिन अनुकूल छ । परिवारको साथ र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
-
मीन : सोचेका कार्यहरू सफलताका साथ सम्पन्न हुनेछन् । धार्मिक कार्य तथा अभियन्ताहरूप्रतिको झुकावले मन शान्त रहनेछ । लगानीबाट राम्रो प्रतिफल प्राप्त हुने योग छ ।