मेष: दिन सहज रहनेछ। साथीभाइको साथ र सहयोग मिल्नुका साथै मनमा सकारात्मक ऊर्जा सञ्चार हुनेछ। राजनीतिक तथा सामाजिक क्षेत्रमा अग्रसर हुँदा मान-प्रतिष्ठा बढ्नेछ।
वृष: दिन सामान्य छ। बोलीमा संयमता अपनाउनु बुद्धिमानी हुनेछ। स्वास्थ्यले साथ दिनेछ भने शैक्षिक क्षेत्रमा गरिएका प्रयासहरू फलदायी बन्नेछन्।
मिथुन: आर्थिक मामिलामा विशेष सतर्कता अपनाउनुपर्ने दिन छ। व्यापार व्यवसायमा छलकपट गर्नेहरूबाट जोगिनुहोला। राजनीतिमा प्रतिस्पर्धीहरूको घेराबन्दीबाट बच्न सावधानी आवश्यक छ।
कर्कट: दिन उत्तम छ। राजनीतिक सङ्गठनमा सेवा गर्ने अवसर जुर्नेछ भने रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। वैदेशिक क्षेत्रतर्फको आकर्षण र पूर्वलगानीबाट फाइदा मिल्नेछ।
सिंह: हरेक कार्यमा कडा परिश्रम गर्नुपर्नेछ। आफ्नै क्षमता र कर्ममा विश्वास गरेर अगाडि बढेमा भाग्य निर्माण गर्न सकिनेछ। प्राविधिक शिक्षामा प्रगति हुनेछ।
कन्या: आम्दानीका स्रोतहरू सबल बन्ने हुनाले समयको सदुपयोग गर्नुपर्छ। परिवार र दाजुभाइको पूर्ण सहयोग प्राप्त हुनेछ भने प्रेम सम्बन्ध सुमधुर रहनेछ।
तुला: सोचेका कामहरूमा अवरोध आउन सक्छ। राजनीतिक क्षेत्रमा तत्काल ठूला कदम नचाल्नु नै बेस हुनेछ। धार्मिक गतिविधिमा सहभागिता जनाउँदा मन शान्त हुनेछ।
वृश्चिक: श्रमको उचित मूल्याङ्कन हुनेछ। गुरुजनको आशीर्वादले महत्त्वपूर्ण उपलब्धि हात लाग्नेछ। पारिवारिक वातावरण रमाइलो रहनेछ भने प्रेम सम्बन्ध प्रगाढ बन्नेछ।
धनु: सानो कुराले पनि मन प्रफुल्लित बन्नेछ र धनलाभको योग छ। व्यापार व्यवसायबाट राम्रो मुनाफा कमाउन सकिनेछ। पारिवारिक व्यवस्थापनमा भने केही खटपटी बढ्न सक्छ।
मकर: न्यून लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिनेछ। स्वास्थ्य उत्तम रहनेछ भने शिक्षाको क्षेत्रमा उच्च जोस र जाँगर देखिएर लाभ मिल्नेछ।
कुम्भ: लगानीका क्षेत्रमा केही जोखिम वा घाटा सहनुपर्ने स्थिति आउन सक्छ। परिवारसँगको सम्बन्ध भने सुमधुर रहनेछ। दिनको सुरुवात धार्मिक कार्यबाट गर्नु फलदायी हुन्छ।
मीन: मन प्रसन्न र शान्त रहनेछ। कृषि तथा शैक्षिक क्षेत्रमा गरिएको लगानीबाट उत्कृष्ट प्रतिफल प्राप्त हुनेछ। परिवारमा आपसी मेलमिलाप कायम भई रोकिएका काम बन्नेछन्।