राति ओलीसँग टाँसिएका देउवा, दिउँसो प्रचण्डसँग

राति ओलीसँग टाँसिएका देउवा, दिउँसो प्रचण्डसँग

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल कांग्रेस मुख्यालय सानेपामा पुगेका छन्। कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्मजयन्तीको अवसरमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ नामक फोटो प्रदर्शनी अवलोकनमा सहभागी हुन प्रधानमन्त्री दाहाल सानेपा पुगे।

सो क्रममा प्रधानमन्त्री दाहाललाई कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापालगायतका नेताहरुले न्यानो आतिथ्यता प्रदान गरेका हुन्।

उनीहरुबीच हार्दिकता झल्किएको छ। कांग्रेसले एमालेसँग मिलेर नयाँ सरकारको लागि सहमति गरेको अवस्थमा पनि प्रधानमन्त्री दाहालसँग यस्तो हार्दिकता झल्किएपछि राजनीतिमा अर्को शंका पैदा भएको छ।

कांग्रेस र एमालेबीच भएको नयाँ सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुनेछ। यद्यपि प्रधानमन्त्री दाहालले आफूले राजीनामा नदिने भन्दै विश्वासको मत फेश गर्ने निर्णय लिएका छन्। प्रधानमन्त्री दाहालले कांग्रेससँग नै सहकार्यका लागि गम्भीर प्रस्ताव गरेका छन्।

उनले कांग्रेस सभापति देउवालाई नै सरकारको नेतृत्व लिन र पूरानो गठबन्धन व्यँताउन भनेका छन्। देउवाले भने आफू धेरै अघि बढिसकेकाले अब ब्याक नहुने जवाफ दाहालसामू राखेको स्रोतको दाबी छ।

त्यस लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस मुख्यालय सानेपामा पुगे। कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्मजयन्तीको अवसरमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ नामक फोटो प्रदर्शनी अवलोकनमा सहभागी हुन पूर्व प्रधानमन्त्री ओली सानेपा पुगेका हुन्।

कांग्रेस र एमालेबीच भएको नयाँ सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुनेछ।