दुर्गा प्रसाईलाई बस्नेतको सुझाव : अब सुध्रीउ, अरुलाई दोष नलगाउ

दुर्गा प्रसाईलाई बस्नेतको सुझाव : अब सुध्रीउ, अरुलाई दोष नलगाउ

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले दुर्गा प्रसाईलाई युवा संघको तागत ननाप्न चुनौती दिएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, ‘बैक तथा वित्तीय संस्थालाई चुनौती दिने, विभिन्न समुदायलाई देश निकाल्छु, कालोमोसो द्ल्छु भन्ने अपराधिक कर्म गर्ने दुर्गा प्रसाईलाई युवाहरुले आज तह लाएछन । अब सुध्रीउ, अरुलाई दोष नलगाउ ।यस्तालाई सरकारले कारवाही गरोस । जन प्रतिरोध हुनु राम्रो होइन । युवा संघको तागत ननाप प्रसाई !’

सोमबार कान्तिपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि केही युवाले कालो मोसो दलेका थिए । पत्रकार सम्मेलनमा उनले केही तस्करहरूको फोटो सार्वजनिक भन्दै केही व्यक्तिको फोटो सार्वजनिक गरेका थिए । प्रसाईँ केही समययता बैंक, लघुवित्त र सहकारीको चर्को व्याज नियन्त्रण, ऋण मिनाहालगायतको माग राखेर अभियानमा छन् । संघीयता खारेजी, हिन्दू राष्ट्र कायम, राजतन्त्र पुनर्वहाली पनि उनको एजेण्डा छ ।

एमालेका कार्यकर्ताले आफूमाथि कालो मोसो दलेको र त्यसमा महेश बस्नेत तथा केपी ओलीको हात रहेको भन्दै प्रसाईले आरोप लगाएका थिए ।