न्यूयोर्क। संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा भाग लिने उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्युयोर्क आइपुगेका छन्।
प्रधानमन्त्री शाहलाई न्युयोर्कस्थित जोन एफ क्यानेडी (जेएफके) अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्रसचिव अमृतबहादुर राई तथा राष्ट्रसंघका लागि नेपालका स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले स्वागत गरे।
भ्रमण तालिका अनुसार प्रधानमन्त्री शाहले आजै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटघाट गर्नेछन्। त्यसैगरी, उनी न्युयोर्कस्थित नेपाली स्थायी नियोगले आयोजना गर्ने विशेष स्वागत समारोहमा पनि सहभागी हुनेछन्।
प्रधानमन्त्री शाहले आगामी बिहीबार अपराह्न संयुक्त राष्ट्रसंघको महासभालाई नेपालका तर्फबाट औपचारिक सम्बोधन गर्ने कार्यक्रम रहेको छ।