अध्यक्ष ओलीले सम्मानजनक बिदा लिएर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्छ : योगेश भट्टराई

अध्यक्ष ओलीले सम्मानजनक बिदा लिएर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको बहिर्गमन नै पार्टीको निकास भएको बताएका छन् । केन्द्रीय कमिटीको बैठकमा पार्टी पुनर्गठनको लिखित प्रस्ताव राख्दै उनले यस्तो माग गरेका हुन् ।

‘अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्वको जिम्मेवारीबाट सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्व निर्माणका लागि मार्ग प्रशस्त गर्नुपर्दछ । नेतृत्व हस्तान्तरण कुनै व्यक्ति विशेषलाई हटाउने वा स्थापित गर्ने प्रश्न मात्र होइन । यो पार्टीको लोकतान्त्रिक संस्कार, पुस्तान्तरण, वैचारिक पुनर्जागरण र नयाँ राजनीतिक विश्वास निर्माणसँग जोडिएको ऐतिहासिक प्रश्न हो,’ भट्टराईले भनेका छन्, ‘मार्क्सवादले हामीलाई सिकाएको छ, समाज स्थिर हुँदैन, परिवर्तन निरन्तर हुन्छ । उत्पादन सम्बन्ध बदलिन्छन्, सामाजिक चेतना बदलिन्छ, वर्गीय सम्बन्धका अभिव्यक्ति बदलिन्छन् र त्यससँगै राजनीतिक आन्दोलनले पनि आफूलाई पुनर्गठित गर्नुपर्छ ।’

नेतृत्वको महानता पदमा टाँसिने नभई नयाँ नेतृत्व निर्माणमा रहेको उनको भनाइ छ ।

‘नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन; आफूले निर्माण गरेको आन्दोलनलाई आफूभन्दा अगाडि लैजान सक्ने नयाँ नेतृत्व निर्माण गर्न सक्नुमा हुन्छ,’ भट्टराईले भनेका छन् ।

छुटाउनुभयो कि ?