फोनकै आधारमा महरालाई दोषी करार गर्न मिल्दैन : गृहमन्त्री

फोनकै आधारमा महरालाई दोषी करार गर्न मिल्दैन : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले फोनलाई मात्रै आधार मानेर कृष्णबहादुर महरालाई दोषी करार गर्न नसकिने बताएका छन् । आज बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेताहरूले सुन तस्करीमा महरा र उनका छोरा राहुलको पनि नाम मुछिएकोबारे जिज्ञासा राखेका थिए ।

जवाफमा उनले फोनलाई मात्रै आधार मानेर दोषी करार नमिल्ने बताएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । तर, बाँकी अनुसन्धान जारी रहेको श्रेष्ठले बताएका छन् । 

'पूर्वसभामुखको पनि नाम जोडियो के हो ? भनेर कुरा राख्यौँ । जसमा गृहमन्त्रीले अनुसन्धानको क्रममा रहेको र फोनकै आधारमा दोषी हो भन्न नसकिने कुरा गर्नुभएको छ,' पाण्डेले भने ।