२८० जना नयाँ संक्रमित थपिए, ६ जनाको मृत्यु

२८० जना नयाँ संक्रमित थपिए, ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २८० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । 

देशभर कुल ११ हजार ९९४ नमुना परिक्षण गर्दा २८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सोही अवधिमा ३ सय जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ७ हजार ८१६ पुगेको छ । 
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५६५ पुगेको मन्त्रालयले जनाएको छ । 

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६३५ रहेको मन्त्रालयले जनाएको छ ।