कांग्रेस १४ औं महाधिवेशनः गण्डकी प्रदेशमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क

कांग्रेस १४ औं महाधिवेशनः गण्डकी प्रदेशमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क

गण्डकी । नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशमा सभापति पदसहित विभिन्न पदका लागि शुल्क निर्धारण गरिएको छ । 

गण्डकी प्रदेशमा सभापतिको उम्मेदवारी दिनेले ९१ हजार शुल्क तिर्नुपर्नेछ । उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँगिएको ब्यानरमा सभापति विभिन्न उम्मेदवारहरुका लागि शुल्क दस्तुर उल्लेख गरिएको छ । 

त्यस्तै उपसभापतिको उम्मेदवारले ६१ हजार, महामन्त्रीको उम्मेदवार ५१ हजार, सहमहामन्त्रीको उम्मेदवारले ४१ हजार र सदस्यको उम्मेदवारले ३१ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने छ ।