राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ।

राष्ट्रपति भवन शीतल निवासमा असोज १५ गते (बिहीबार) आयोजित एक औपचारिक कार्यक्रमका बीच आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले सो वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन्।

संवैधानिक व्यवस्थाअनुसार निर्वाचन आयोगले वर्षभरि गरेका कामकारबाही, निर्वाचन सञ्चालन तथा व्यवस्थापन, खर्चको विवरण र भावी सुधारका विषयहरू समेटेर तयार पारिएको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरिएको आयोगले जनाएको छ।

छुटाउनुभयो कि ?