संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

काठमाडौँ । संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गरिएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले असोज १६ गते राति १२ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गरेका हुन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले बिहीबार प्रेस विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को सिफारिसमा संसद् अधिवेशन अन्त्य गरिएको जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/६/१३ को सिफारिसमा संवत् २०८३ साल असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ।’

छुटाउनुभयो कि ?