काठमाडौँ । जिल्ला अस्पताल डोटीको शौचालयमा एक स्वास्थ्यकर्मी मृत फेला परेका छन् । अस्पतालमै कार्यरत बोगटान फुड्सिल गाउँपालिका–६ बस्ने ३४ वर्षीय अहेबप्रेम बोगटी बुधबार बिहान ११ बजेतिर मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सागर बोहराका अनुसार, बोगटी शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । उनले भने, “शौचालय गएका बोगटी लामो समयसम्म नफर्किएपछि खोजी गरिएको थियो । उनलाई अचेत अवस्थामा उद्धार गरियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरे ।”
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।