विपक्षी गठबन्धन राजतन्त्र फर्काउन लाग्यो : खिमलाल भट्टराई

विपक्षी गठबन्धन राजतन्त्र फर्काउन लाग्यो : खिमलाल भट्टराई

रूपन्देही । राष्ट्रिय सभामा नेकपा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले एमाले नेता माधव नेपाललाई विपक्षीसँग मिलेर देशमा राजतन्त्र फर्काउन थालेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा उनले माधवकुमार नेपाल मा‌ओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा अन्य विपक्षी दलका नेताहरूसँग मिलेर मुलुकको राजनीतिलाई पञ्चायत र राजतन्त्रतिर फर्काउन लागेको टिप्पणी गरेका हुन् ।

विपक्षी गठबन्धन निर्दलीय अभ्यासको निम्ति दाम्लो चुँडाएर लागेको उनको आरोप छ । ‘विपक्षी गठबन्धन निर्दलीय अभ्यासको निम्ति दाम्लो चुँडाएर लागेको छ । लोकतन्त्र र अग्रगमनको जामाभित्र गठबन्धनको नेताहरू शेर बहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्रहरूले पञ्चायत र राजतन्त्रतिर मुलुकको राजनीतिलाई फर्काउने दुष्कर्म गर्दै हुनुहुन्छ । होसियार बनौं,’ उनले लेखेका छन् ।

बहुदलीय व्यवस्थामा निर्दलीय अभ्यास हुन नसक्ने बताउँदै नेता भट्टराईले भनेका छन्,’संविधानको धारा ७६ (५) सांसद् र दल दुवैलाई हो । प्रधानमन्त्रीको उम्मेदवार हुन दलको निर्णय, समर्थन जरुरी पर्दैन । तर उनलाई प्रधानमन्त्री हुनको लागि दलको समर्थन आवश्यक हुन्छ । उनले दलहरूको समर्थन लिनु पर्ने हुन्छ । उपधारा ५ मा धारा ७६ को उपधारा २ अनुसार भन्ने उल्लेख भएकोले दलले समर्थन गर्नुपर्ने र सांसदलाई ह्वीप लाग्ने निश्चित छ ।’

नेता भट्टराईले यसअघि पार्टी एकताका लागि दुवै समूहलाई दवाव दिँदै आएका थिए ।