काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरिएको छ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक समारोहका बीच आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले राष्ट्रपति पौडेलसमक्ष उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन्।