मलेसियामाथि नेपालको सानदार जित

मलेसियामाथि नेपालको सानदार जित

काठमाडौं ।  त्रिदेशीय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा नेपालले मलेसियामाथि सानदार जित हासिल गरेको छ । मलेसियाले दिएको एक सय १० रनको लक्ष्य नेपालले एक विकेट गुमाएर १२ ओभर १ बलमा पूरा गर्‍यो ।

नेपालका लागि कुशल भुर्तेलले ६१ रनको अविजित पारी खेले । त्यस्तै आसिफ शेख २९ बलमा ४२ रन बनाएर आउट भए । कुशल र आसिफले ६७ बलमा एक सय दुई रनको साझेदारी गरे । 

यसअघि टस हारेर ब्याटिङ गरेको मलेसिया १६ ओभर ५ बलमा अलआउट हुँदै एक सय नौ रन बनाएको थियो ।