दुई शक्तिशाली मन्त्रीलाई यसरी लखेटे स्थानीयले

दुई शक्तिशाली मन्त्रीलाई यसरी लखेटे स्थानीयले

काठमाडौं । शक्तिशाली सरकारका दुई शक्तिशाली मन्त्रीहरूलाई बुटवलमा स्थानीयले लखेटेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । अर्थमन्त्री विष्णू पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट कार्यक्रम भैरहेको स्थलबाट लखेटिए ।

शुक्रबार मन्त्रीद्वय पौडेल र भट्ट बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न रुपन्देही पुगेका थिए । ठुलो सुरक्षा फौज लिएर शिलान्यास गर्न पुगेका उनीहरूलाई स्थानीयले ढुंगा हानेपछि कार्यक्रम नै छाडेर हिड्न बाध्य भए ।

उनीहरूले ठूलो सुरक्षा घेरामा रहेर औद्योगिक क्षेत्रको सिलान्यास गरेका थिए । तर उनीहरू स्टेजमा गएर भाषण गर्न थालेपछि स्थानीयले ढुंगामुढा गरेका थिए ।

मन्त्री पौडेल र भट्टले २ दुई दुई मिनेट पनि भाषण नगरि हिड्न बाध्य भएका थिए । स्थानीयले कार्यक्रमको बोर्डका साथै मन्त्री पौडेललाई भुमाफिया भन्दै नाराबाजी गरेको थिए । त्यसपछि ओली समुहका कार्यकर्ता र स्थानीयबीच ढुंगा हानाहान हुन थालेपछि प्रहरीले केहीलाई नियन्त्रणमा समेत लिएको बताइएको छ ।

सरकारले स्थानीयले पहिलेबाटै भोगचलन गर्दै आएको विद्यालय, वन, मठ मन्दिरको जग्गामा औद्योगिक क्षेत्र बनाउन लागेपछि स्थानीयले बिरोध गर्दै मन्त्रीहरुको कार्यक्रम बिथोलेका हुन् । त्यस्तैगरी आफूहरुसँग प्रतिबद्धता गरेअनुसारका काम नगरि त्यसको बिपरित र अपार्दर्शी ढंगले काम गरेको स्थानीयको आरोप छ ।

कुनै प्रकारको प्रकृया नै पूरा नगरि सरकारले आफ्नो लोकप्रीयताका लागि शिलान्यास गर्न हतारो गरेको उनीहरुको आरोप छ ।