धापासी माध्यामिक विद्यालयको नयाँ भवन बन्ने, उपप्रधानमन्त्रीले गरे शिलान्यास

धापासी माध्यामिक विद्यालयको नयाँ भवन बन्ने, उपप्रधानमन्त्रीले गरे शिलान्यास

काठमाडौं । ०७२ सालको भूकम्पले क्षतिग्रस्थ बनेको धापासी माध्यामिक विद्यालयको भवन पुनःनिर्माण हुने भएको छ । काठमाडौंको टोखा नगरपालिका-४ धापासीमा रहेको यो विद्यालयको भवनको आज नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका छन् । 

भारत सरकारको सहयोगमा निर्माण हुन लागेको यो विद्यालय भवनको कुल लागत ७ करोड लाग्ने बताइएको छ । १५ महिनामा निर्माण सम्पन्न हुने बताइएको यो भवनमा २४ कोठा रहने छन् । हनुमान कन्टक्सनले विद्यालय भवन निर्माणको जिम्मेवारी पाएको छ । 

२०३६ सालमा निर्माण भएको यो विद्यालय भवन ०७२ सालको भुकम्पले क्षतिग्रस्त बनाएको थियो । मर्मत गरेर पढाइ भैरहेको भएपनि अब नयाँ भवन बन्ने भएपछि विद्यार्थी तथा अभिभावकहरु खुसी भएको धापासी-४ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले जानकारी दिए । उनले यस भवन निर्मणको विषयमा सहयोग गर्ने  दाता र सहयोगीलाई धन्यवाद ज्ञापन पनि गरे ।