काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रलाई असार महिनाबाट सुरू गर्ने तयारी गरिरहेको छ ।शिक्षा मन्त्रालय स्रोतका अनुसार शिक्षा नियमावली संसोधन गरेर बजेटमा छाप्न पठाइ सकिएको छ ।
अबको एक हप्तापछि संसोधित नियमावली छापिएर आएपछि कोरोना जस्ता महामारीमा नेपाल सरकारले शैक्षिक सत्रलाई कसरी र कहिलेबाट सुरू गर्ने भन्ने कुराको उल्लेख हुने शिक्षा मन्त्रालयका एक कर्मचारीले बताए ।
उनले भने, ‘आगामी शैक्षिक सत्रालाई असारबाट सुरू गर्नेगरी शिक्षा मन्त्रालयले तयारी गरिरहेको छ । शिक्षा मन्त्रालयले शैक्षिक सत्रलाई आगामी असारबाट सुरू गर्ने तयारी गरेसँगै यो वर्षको शैक्षिक सत्र लम्बिने पक्कमा भएको छ ।’
कोभिड–१९ का कारण अस्तव्यस्त बनेको शिक्षा क्षेत्रले कोरोना संक्रमण न्यून भएसँगै पुरानै लय समात्ने मन्त्रालयको विश्वास छ ।
सरकारले आगामी असारबाट नयाँ शैक्षिक सत्र सुरू गरे यस वर्षको एसईई परीक्षा आगमी जेठ महीनामा हुने राष्ट्रिय परीक्षा बोर्डका ९माध्यामिक शिक्षा० परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए ।
उनले भने, ‘एसईईको परीक्षा राष्ट्रिय स्तरबाट गर्ने निर्णय भएको सुन्नमा आएको छ । तर हामीलाई शिक्षा मन्त्रालयले निर्णय भने पठाइसकेको छैन् ।’ ‘आगमी शैक्षिक सत्र पनि असारबाट हुन्छ भन्ने कुरा सुन्नमा आएको छ, उनले भन ।
परीक्षाको लागि प्रश्नपत्र छाप्ने, परीक्षा केन्द्र तोक्ने लगायत विभिन्न काम गर्नको लागि कम्तिमा पनि तीन महीना लाग्ने भएका कारण एसईई आगामी वर्षको जेठ सम्ममा हुने उनको भनाइ छ । शिक्षा मन्त्रालयले एसईई परीक्षा कहिले सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेपनि राष्ट्रियस्तरमा परीक्षा हुने भएपछि हामी त्यसको तयारी गरिरहेका छौँ ।