उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी कोइरालाले लिए शपथ

उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी कोइरालाले लिए शपथ

काठमाडौं । प्राडा उपेन्द्र कोइरालाले राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको सदस्यमा शपथ ग्रहण गरेका छन्। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको सम्धीसमेत रहेका कोइरालालाई वाणिज्य बैंक सञ्चालक समितिका निमित्त अध्यक्ष एवं अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले सपथ खुवाएका हुन् ।

कोइरालाको नियुक्तिको विषयलाई लिएर विवाद उत्पन्न भएपछि सपथ रोकिएको थियो। 

कोइरालालाई तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णयमार्फत् भदौ ७ गते वाणिज्य बैंक सञ्चालक समितिको सदस्य नियुक्त गरेका थिए ।