कर्मचारीमा कोरोना देखिएपछि श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द

कर्मचारीमा कोरोना देखिएपछि श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द

काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट दिँदै आएको श्रम स्वीकृतिसहितका सबै सेवा अनिश्चितकालका लागि बन्द भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको कारण कार्यालयबाट हुने सम्पूर्ण सेवा बन्द गरिएको वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ। 

विज्ञप्तिमा भनिएको छ, 'कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड-१९ को संक्रमण देखिएपछि २०७६-६-१४ बाट अर्को सूचना प्रकाशित नभएसम्मको लागि यस कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द गरीएको छ।'

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीब्र गतिमा फैलिरहेको छ । खुलेका कार्यलयहरुले शतर्कता नअपनाउदा संक्रमण फैलिन सहयोग पुगेको विज्ञहरुको दाबी छ ।