सिंहदरबारका दुईचार जनाको मृत्यु नभइ कोरोना नियन्त्रण हुँदैन : मेयर श्रेष्ठ

सिंहदरबारका दुईचार जनाको मृत्यु नभइ कोरोना नियन्त्रण हुँदैन : मेयर श्रेष्ठ

काठमाडौं । कोरोना संक्रमण नियन्त्रण बाहिर जानुमा सिंहदरबारका मनिस दोषी रहेको आरोप उपत्यका नगरपालिका मेयर फोरमका सचिव तथा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले लगाएका छन् । श्रेष्ठले सिंहदरबारमा कोरोना संक्रमणले दुईरचार जनाको मृत्यु नभएसम्म उपत्यकामा कोरोना नियन्त्रण गर्न नसकिने टिप्पणी गरे। 

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो आरोप लगाएका हुन्। देशभरको संक्रमितको संख्याको आधा संख्या उपत्यकामा देखिनुमा सिंहदरबार नै दोषी भएको उनको टिप्पणी थियो। 'कोरोना नियन्त्रणमा सरकारको लापरवाही देखियो', उनले भने, 'सिंहदरबारमा दुई चार जनाको मृत्यु नभएसम्म उपत्यकामा कोरोना नियन्त्रण गर्न सकिने अवस्था छैन।'

उपत्यकामा विगतका दिनमा झैं अब बाहिरबाट संक्रमित प्रवेशको डर नभएको र उपत्यका नै हटस्पट बनिसकेको उनले बताए। कोरोनाको केन्द्र बनेको उपत्यकाबाट अब दशैं र तिहारको समयमा बाहिर जाने रहरले देशैभर कोरोना संक्रमण फैलने उनले बताए। यसरी संक्रमितहरु गाउँ गाउँ पुग्दा देशभर हटस्पट बन्ने उनको भनाइ थियो।