४ जनाको समूहमा आएका व्यक्तिले बूढाबूढीलाई आक्रमण गरे, एक जनाको मृत्यु

४ जनाको समूहमा आएका व्यक्तिले बूढाबूढीलाई आक्रमण गरे, एक जनाको मृत्यु

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा एक महिलाको हत्या भएको छ । उनका श्रीमान्को अवस्था गम्भीर छ ।

देवाही गोनाही–५ टिकुलियाका महेश तिवारी र उनकी पत्नी जगरामी देवीमाथि आक्रमण हुँदा जगरामी मृत्यु भएको प्रहरीले जनाएको छ ।

चार जनाको समूहमा आएका व्यक्तिले धारिलो हतियारले प्रहार गर्दा घाइते भएका तिवारी दम्पतीलाई उपचारका लागि वीरगञ्ज लगिएको थियो ।

उपचारकै क्रममा आज जगरामीको मृत्यु भएको छ भने वीरगंञ्जस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेको महेशको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिए ।

उनीहरूले जग्गा विवादमा साक्षी बसेको भन्दै तिवारी दम्पतीमाथि आक्रमण भएको प्रहरीको प्रारम्भीक अनुमान छ । घटनामा संलग्न बलीराम मुखिया बिन पक्राउ परिसकेको छ भने बाँकीको खोजी भइरहेको प्रहरी उपरीक्षक शाहले बताए ।

जग्गा विवादका कारण परेको मुद्दामा साक्षी बसेका तिवारी दम्पतीलाई शुक्रबार साँझ देवाही गोनाही–५ का सोनालाल मुखिया बिन, प्रजित मुखिया बिन र बलिराम मुखिया बिन सहित चार जना मिलेर आक्रमण गरेका थिए ।