आज काठमाडौं उपत्यकामा थपिए ६३७ संक्रमित

आज काठमाडौं उपत्यकामा थपिए ६३७ संक्रमित

काठमाडौं । २४ घण्टाको अवधिमा काठमाडौँ जिल्लामा ४९२ सहित उपत्यकामा ६३७ संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १६८ महिला र ३२४ पुरुषसिहत ४९२ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै भक्तपुरमा ४७ महिला र ४८ पुरुषसहित ९५ संक्रमित थपिएका छन् । ललितपुरमा २६ महिला र २४ पुरुषसहित ५० जना संक्रमित थपिएका छन् ।

पहिल्लो २४ घण्टामा नेपालभर १ हजार १७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६८ हजार ८०४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। 

हाल देशभर १७ हजार ४१४ जना सक्रिय संक्रमित छन्। यीमध्ये ९ हजार १८६ होम आइसोलेसनमा छन् भने ८ हजार २२८ जना संस्थागत आइसोलेसनमा छन्। हालसम्म ९ लाख ४४ हजार ४७४ जनाको परीक्षण भएको छ। 

पछिल्लो २४ घण्टामा १ हजार ८९३ निको भएका छन्। योसँगै ४९ हजार ९५४ जना निको भएको मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ७३।७ प्रतिशत छ। 

संक्रमणबाट आज  थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकारसम्मेलन गर्दै वितेको २४ घण्टामा ७ जनाको मृत्यु भएको जनाएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४३६ पुगेको छ ।