काठमाडौँ उपत्यकामा आज थपिए ६४७ जना कोरोना संक्रमित

काठमाडौँ उपत्यकामा आज थपिए ६४७ जना कोरोना संक्रमित

काठमाडौँ । विगत २४ घण्टामा काठमाडौँ उपत्यकामा ६४७ सहित देशभर १ हजार ३५६ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।

जसमध्ये काठमाडौँमा मात्रै ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमित थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२९ पुगेको छ ।


आज संक्रमित ८२३ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म नेपालमा ४८ हजार ६१ जनाले कोरोना जितेका छन् ।