अनेसास युके महिला संयोजकमा मन्जु भन्डारी नियुक्त, कुन देशमा को ?

अनेसास युके महिला संयोजकमा मन्जु भन्डारी नियुक्त, कुन देशमा को ?

लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समितिले पूर्णता पाएको छ । आइतबार बसेको कार्यसमितिको बैठकले समितिलाई पूर्णता दिएको हो ।

समितिका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले बेलायतको महलिा संयोजकमा मन्जु भन्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

त्यसैगरी समितिको सदस्यहरूमा रजनी श्रेष्ठ-अमेरिका, लतिका जोशी-भारत, सीता बराल-पोर्चुगल, आचार्य प्रभा-कोलोराडो, अमेरिका, गीता रेग्मी-नेपाल, माया केसी-कतार, बिष्णा बिरही-सिकागो, अमेरिका, कमला न्यौपाने-कान्सास,अमेरिका ,गीता बजगाईँ-क्यालिफोर्निया, अमेरिका, रिजा प्रधान-पर्थ, अस्ट्रेलिया, शारदा पौडेल ‘निशा’-स्पेन, निर्मला राई-टेक्सास, अमेरिका, सबिना रेग्मी-जापान र जानुका ढुंगेल -फ्लोरिडा,अमेरिका रहेका छन् ।

यसैगरि समितिमा शान्ता अधिकारी घिमिरे न्यूयोर्क, अमेरिका लाई नवरत्न पुरस्कार संयोजकमा मनोनयन गरेको छ । समाजले समितिको संयोजकमा उर्मिला निर्दोषीलाई यसअघि नै मनोनयन गरिसकेको थियो ।

दुईबर्षे कार्यकाल रहने समितिले महिला सम्मेलन, नवरत्न पुरस्कार समर्पण, महिला सर्जकको कृति प्रकाशन र गोष्ठीहरू गर्ने निर्णय गरेको छ ।