मेयर दम्पतीमा कोरोना पुष्टि, किष्ट अस्पतालमा उपचार हुँदै

मेयर दम्पतीमा कोरोना पुष्टि, किष्ट अस्पतालमा उपचार हुँदै

काठमाडाैं । ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए । 

श्रेष्ठ सहित उनकी पत्नीमा पनि कोरोना पुष्टि भएको छ । उनले भने, “म हाल किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचारका लागि बसेको छु । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु ।”

किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिष पाठकले हाइ फिभरको कन्डिसनमा मेयर श्रेष्ठ किस्ट अस्पताल आएको र उपचार सुरु गरिएको बताए । अहिले दुबै जनाको सामान्य रहेको पनि उनले बताए । कोरोनाको आशंकामा श्रेष्ठको स्वाब परीक्षण गर्दा गएराति संक्रमण पुष्टि भएको थियो ।