कोरोनाबाट केन्द्रीय कारागारका पाँच कैदीको निधन, ६५ जना संक्रमित

कोरोनाबाट केन्द्रीय कारागारका पाँच कैदीको निधन, ६५ जना संक्रमित

काठमाडाैं । सुन्धारास्थित केन्द्रीय कारागारका पाँच कैदीको कोभिड–१९ का कारण निधन भएको छ । केन्द्रीय कारागारमा हालसम्म ६५ जना कैदीबन्दीमा संक्रमण देखिएको छ । जेलर लक्ष्मीप्रसाद बाँस्कोटाका अनुसार निधन हुने सबै कैदी दीर्घ रोगी थिए । कारागारमा कोरोना जोखिम भएपछि दीर्घरोग भएका कैदी बन्दीलाई छुट्टै राखिएको उनले बताए ।

केन्द्रीय कारागारमा ३ हजार २ सय ५७ कैदीबन्दी छन् । जसमध्ये हालसम्म २ सय २० जनाको मात्र परीक्षण भएको छ । लक्षण देखिएकाहरुको मात्र परीक्षण गरिएको बाँस्कोटाले बताए । जेलमा पर्याप्त परीक्षण नहुँदा झन् जोखिम बढेको कैदीबन्दीको गुनासो छ ।

केन्द्रीय कारागारको सुरक्षामा खटिएका ६० जना प्रहरीमा पनि संक्रमण देखिएको थियो ।