धादिङ केन्द्रविन्दु बनाएर भूकम्पकाे धक्का

धादिङ केन्द्रविन्दु बनाएर भूकम्पकाे धक्का

काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिका केन्द्रविन्दु भएर आज दिउँसो भूकम्प गएको छ । दिउँसो साढे ३ बजेर ४८ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको थियो ।

भूकम्पबाट कुनै क्षतिको विवरण आएको छैन ।