काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाउने तयारी

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाउने तयारी

काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा खुकुलो बनाउने गरी मोडल तयार गरेका छन्। उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा खुकुलो बनाउने गरी मोडल तयारी गरिरहेको गृह मन्त्रालयले जनाएको छ। 

यसबारेमा उपत्यकाका तीन वटै जिल्लाका सिडिओहरु यतिवेला छलफलमा छन्। धेरै ठाउँबाट निषेधाज्ञा खुकुलो पार्नुपर्छ भन्ने सुझाव आएको र सोही अनुसारको मोडलमा काम भइरहेको सिडिओहरुले बताएका छन् । खुकुलो पार्नेगरी मोडलमा काम भइरहेको भने पनि कसरी खुकुलो पार्दै जाने भन्नेबारे कुनै निर्णय भइसकेको छैन। 

कोरोना भाइरसको माहामारीका कारण पछिल्लो दुई हप्तादेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको छ। दोस्रो पटक एक साताका लागि थप गरिएको निषेधाज्ञा बुधबार राति १२ बजेबाट सकिँदैछ।