इलाम । इलाममा आफ्नै बृद्ध आमालाई बलात्कार गर्ने छोरा पक्राउ परेका छन् । एक २३ वर्षीय युवाले आफ्नै ६३ वर्षीय आमालाई यही भदौ ७ गते राति बलात्कार गरि फरार भएका थिए । उनलाई प्रहरीले पक्राउ गरेको हो ।
ती युवालाई इलाम नगरपालिका–५, तोरीबारीबाट मंगलबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले जानकारी दिए । फरार युवाविरुद्ध जिल्ला प्रहरी कार्यालय, इलाममा परेको जाहेरी परेको थियो ।
परिवारभित्रको घटना भएको र परिचय खुल्दा थप समस्या हुने भएका कारण पीडक र पीडितको नाम ठेगाना गोप्य राखेर अनुसन्धान अगाडि बढाइएको सुवेदीले बताए । पक्राउ परेका ती युवालाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र अदालतबाट म्याद थप गरी जवर्जस्ती करणी, हाडनाता करणी लगायतका मुद्दामा अनुसन्धान हुने सुवेदीले जनाकारी दिए ।