जनकपुर । कोरोना संक्रमण नियन्त्रणको लागि जारी निषेधाज्ञाको कारण प्रभावित भएका सिरहाका अति विपन्न परिवारलाई राहत प्रदान गरिएको छ । राजधानी काठमाडौंमा रहेको आईएसएमटी (ISMT) कलेजले सिरहाको गोलबजार नगरपालिकाका अति बिपन्न परिवारलाई राहत वितरण गरेको हो ।
कलेजले सिरहाको गोलबजार नगरपालिकामा करिव १ सय १० घर परिवारलाई प्रतिपरिवार चामल ८ के जी, दाल १ केजी , पाँच सय ग्राम भुजा , पाँच सय ग्राम तेल, पाँच सय ग्राम दालमोट, पाँच सय ग्राम सोयाबिन, १ केजी नुन, लगायतका सामग्री वितरण गरेको युवा अभियन्ता जितेन्द्र कुमार यादवले जानकारी दिए ।
काठमाडौंको तिनकुनेमा रहेको स्थित रहेको आईएसएमटी कलेज आईटी क्षेत्रको अध्ययन अध्ययापनको लागि चर्चित छ ।