२२ वर्ष युवक मृताअवस्थामा, हत्या हो कि अरु कुनै कारण ?

२२ वर्ष युवक मृताअवस्थामा, हत्या हो कि अरु कुनै कारण ?

गुल्मी : गुल्मीका २२ वर्षीय युवक मृतावस्थामा फेला परेका छन् । गुल्मी, धुर्कोट गाउँपालिका–४ को जैसीथोक बस्ने कमल खत्री मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताउनुभयो ।

शुक्रबार बेलुकी घरबाट निस्केका खत्री रातिसम्म पनि घर नफर्केपछि आज खोज्दै जाने क्रममा उनलाई घर नजिकै बाटोबाट दुई सय मिटर तल मृत अवस्थामा फेला पारिएको उहाँले बताउनुभयो । प्रहरीले घटनास्थलको मुचुल्का बनाई शव परीक्षणका लागि जिल्ला अस्पताल तमघासमा ल्याउने तयारी गरेको बताइएको छ । लतीन वर्षपछि कुलपूजाका लागि भनेर घर आएका खत्री शुक्रबार बेलुका कुलपूजाका निम्तालुहरुलाई खाना खुवाएर सकेपछि घरबाट बाहिर निस्केका थिए ।