मनाङ हिमपहिरो : थप दुईजनाको शव फेला

मनाङ हिमपहिरो : थप दुईजनाको शव फेला

काठमाडौँ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार गएको हिमपहिरोमा परी मृत्यु हुनेमध्ये थप दुईजनाको शव भेटिएको छ ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए)का अनुसार, सोमबार खोज तथा उद्धारका क्रममा वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको हो । आइतबार घटनास्थलमा छेबी भोटे र पासाङ भोटेको शव भेटिएको थियो । घटनास्थलमा हालसम्म चारजनाको शव भेटिएको एसोसिएसनले जनाएको छ । एसोसिएसनका अनुसार, खोज तथा उद्धार कार्य जारी छ । 

हिमपहिरोमा परी १० जना सम्पर्कविहीन भएको भनिए पनि यकिन संख्या अझै पुष्टि हुन सकेको छैन । मनाङ प्रशासनले घटनाको विस्तृत विवरण संकलन गर्दै सम्पर्कविहीनहरूको अवस्था पत्ता लगाउने काम भइरहेको जनाएको छ ।

छुटाउनुभयो कि ?