काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा सुरु भएको छ। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज आइतबार बिहान साढे ९ बजे जारी गरेको सूचनाअनुसार पश्चिमी न्यूनचापीय प्रणालीका कारण अहिले सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको हो।
सूचनामा अगाडि भनिएको छ, ‘उक्त प्रणालीको कारणले गर्दा आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा कोसी, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ, असिनासहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ।’
अनि बागमती प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
पाँच दिनको मौसम प्रक्षेपण यस्तो छ-
२०८३ कार्तिक २९ गते (आइतबार)
दिउँसोः देशका हिमाली भेग तथा कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल लाग्नेछ भने बागमती प्रदेशको पहाडी क्षेत्र तथा तराईको आकाशमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा कोसी, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ, असिनासहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। बागमती प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
रातिः देशको हिमाली भेगको आकाशमा साधारणतया बादल लाग्नेछ। कोसी प्रदेशलगायत देशका पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभाग तथा कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। बिहानीपख तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
२०८३ कार्तिक ३० गते (सोमबार)
दिउँसोः कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी प्रदेशका हिमाली र पहाडी भूभाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
रातिः कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी प्रदेशका हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। बिहानीपख तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
२०८३ मंसिर १ गते (मंगलबार)
दिउँसोः कोसी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
रातिः कोसी र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। बिहानीपख तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
२०८३ मंसिर २ गते (बुधबार)
कोसी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। बिहानीपख तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।
२०८३ मंसिर ३ गते (बिहीबार)
कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। बिहानीपख तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।