युवककाे हत्या गरी  टाउको मात्र लिएर प्रहरी कार्यालय पुगे राजु परियार

युवककाे हत्या गरी  टाउको मात्र लिएर प्रहरी कार्यालय पुगे राजु परियार

काठमाडौं । धादिङको निलकण्ठ नगरपालिका– १३ स्थित खलचेतमा एक युवकले पुरुषको हत्या गरी टाउकोमात्र लिएर प्रहरी कार्यलय पुगेका छन् ।  गएराति २६ वर्षीय राजु परियारले सोही ठाउँका ६४ वर्षीय सोमबहादुर गुरुङको हत्या गरेका हुन् ।

बिहीबार राति साढे १० बजे परियाले खुर्पाले हानेर गुरुङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । राति करिव १ बजे हत्या गरेका युवक स्वय आफैले गुरुङको टाउको र हत्यामा प्रयोग भएको खुर्पा बोकेर प्रहरी कार्यालयमा आत्मसमपर्णका लागि आएको एसपी रेग्मीले बताए ।

आन्तरिक विवाद बढ्दै गएपछि साथमा रहेको खुर्पाले काटेर गुरुङको हत्या गरेको परियारले प्रहरीलाई बताएका छन् । घटना हुनुअघि दुवै जनाले मदिरा सेवन गरेका थिए । सामान्य विवाद हुँदा गुरुङको हत्या भएको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी रेग्मीले बताए ।