मृत्यु भएका तीन जना कैदीबन्दीमा कोरोना पुष्टि

मृत्यु भएका तीन जना कैदीबन्दीमा कोरोना पुष्टि

काठमाडौं । वीर अस्पतालमा मृत्यु भएका केन्द्रीय कारागार सुन्धाराका तीन जना कैदीको मृत्यु पछि कोरोना पुष्टि भएको छ । भाद्र १६ गते वीर अस्पतालमा तीनै जनाको निधन भएको थियो । 

दिर्घरोगी रहेका ६०, ५० र ६४ वर्षका पुरुषको गत १६ गते निधन भएको र उनीहरुको बिहीबार बेलुका कोरोना पुष्टि भएको केन्द्रीय कारागार कार्यालयका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले  जानकारी दिए।  बझाङ, पाल्पा र सिरहाका उनीहरु विभिन्न मुद्दामा कारागारमा थिए।  तीनै जनामा दिर्घ रोग रहेको पनि बाँस्कोटाले बताए। 

यस अघि मेघा अस्पतालमा मृत्यु भएका कञ्‍चनपुरका ४१ वर्षीय कैदीमा कोरोना पुष्टि भएको थियो। मृत्यु भएका तिनै जनाको शव भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अस्पतालमा राखिएको छ। रिपोर्ट आइसकेकोले आजै उनीहरुको शव व्यवस्थापन हुँदैछ ।