आफ्नै छोराले बारम्बार जबर्जस्ती करणी गरेको भन्दै आमाले दिइन् प्रहरीमा उजुरी

आफ्नै छोराले बारम्बार जबर्जस्ती करणी गरेको भन्दै आमाले दिइन् प्रहरीमा उजुरी

कञ्चनपुर । आफ्नै छोराले यौनहिंसा गरेको भन्दै एक महिलाले प्रहरीमा उजुरी दिएकी छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ मौरिफाँटाकी ५८ वर्षीया आमाले ३० वर्षीय छोराले आफूमाथि यौनहिंसा गरेको भन्दै उजुरी दिएकी हुन् ।  

छोरा सानै हुँदा श्रीमान गुमाएकी ति महिलाले छोरालाई बाबुआमा दुबैको मायाँ दिएर हुर्काएकि थिइन् । मदिराले लठ्ठ भएर बारम्बार आफूमाथि यौनहिंसा गरेपछि बाध्य भएर उजुरी दिनुपरेको उनको भनाइ छ । 

जबर्जस्ती करणी गरेको अभियोगमा उनले मुद्दा दायर गरेकि छन् ।  अपराध लुकाउन नसकेर प्रहरी समक्ष आएको भन्दै वृद्ध आमाले छोरा विरुद्ध दायर गरेको मुद्दा कञ्चनपुर प्रहरीले दर्ता गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले छोरा विरुद्ध आमाले दिएको मुद्दा दर्ता भएको बताए । उक्त घटनामा छोरालाई पक्राउ गरि अनुसन्धान सुरु भइसकेको छ ।