एउटै आमाको पेटबाट जन्मिएका दाजु बहिनीले विवाह गर्न लागेपछि पक्राउ

एउटै आमाको पेटबाट जन्मिएका दाजु बहिनीले विवाह गर्न लागेपछि पक्राउ

सोलुखुम्बु । हाडनाता करणीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । महाकुलुङ गाउँपालिका २३ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । एउटै आमाको पेटबाट जन्मिएका दाजु बहिनीले विवाह गर्न लागेको भन्दै आमाले प्रहरीमा उजुरी दिएकी थिइन ।

आफ्ना छोराछोरीले विवाह गर्न लागेको भन्दै आमाले प्रहरीमा उजुरी दिएपछि उनीहरु पक्राउ परेका छन् । बुधबार जिल्लाको महाकुलुङ गाउँपालिकाबाट २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीले यस्तो गल्ती गर्न लागेपछि आमाले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा विवाह नै गर्न लागेको स्वीकार गरेका छन् । उनीहरुले विवाह गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमति मै शारीरिक सम्पर्क समेत गरेको प्रहरी सामु बताएका छन् । प्रहरीले घटनाको थप अनुषन्धान गरिरहेको छ ।