यी हुन् कोरोना संक्रमणमुक्त नेपालका ७ जिल्ला

यी हुन् कोरोना संक्रमणमुक्त नेपालका ७ जिल्ला

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका ७७ जिल्ला मध्ये ७ जिल्ला कोरोना संक्रमणमुक्त बनेको जानकारी दिएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडाजागेश्वर गौतमले नेपालका ७ जिल्लामा सबै कोरोना संक्रमितहरु निको भएको जानकारी दिएका हुन् ।

हालसम्म कोरोना संक्रमित शून्य हुने जिल्लाहरुमा मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, सोलुखुम्बु, भोजपुर र ताप्लेजुङ रहेका छन् । नेपालमा बुधबार थप १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४१ हजार ६४९ पुगेको छ ।

त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २५१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ११२ जना कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा  कोरोना संक्रमणमुक्त हुनेको संख्या २३ हजार २९० पुगेको छ ।

आज काठमाडौं उपत्यकामा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना गरी जम्मा ३८८ जना संक्रमित थपिएका छन् ।