काठमाडौं उपत्यकामा थपिए ३८८ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ३८८ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना गरी जम्मा ३८८ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार मुलुकभर आज १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । 

पछिल्लो २४ घण्टायता देशभर १ हजार ११२ जना डिस्चार्ज भएका छन् । यससँगै कोरोना जित्नेको संख्या २३ हजार २९० पुगेको छ ।