भारत र चीनबीच लद्दाखमा झडप हुँदा भारतिय सैनिकमा कार्यरत एक नेपालीको मृत्यु

भारत र चीनबीच लद्दाखमा झडप हुँदा भारतिय सैनिकमा कार्यरत एक नेपालीको मृत्यु

काठमाडाैं । भारतीय सेनाको गोर्खा राइफलमा कार्यरत क्याप्टेन दीक्षान्त थापाको मृत्यु भएको छ । भारतीय सेनाले चीनसँगको सीमा विवाद भएको पूर्वी लद्दाखमा थापाको मृत्यु भएको जनाएको छ । गाडीको ठक्करबाट क्याप्टेन थापाको मृत्यु भएको टाइम्स अफ इण्डियाले जनाएको छ । 

हिजो बेलुकीको घटना आज मात्रै सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमले एक ट्रेलरले सेनाको गाडीलाई ठक्कर दिएको र क्याप्टेन थापाको घटनास्थलमै मृत्यु भएको जनाएका छन् । 

यो घटना लद्दाखको कारु कियारी क्षेत्रमा भएको हो । चीनसँग शनिबार र आइतबार झडपको घटना भएको थियो । आइतबार बेलुकी ज्यान गुमाएका थापा कुन गोर्खा रेजिमेन्टमा कार्यरत थिए र उनको ठेगाना कहाँ हो भन्ने खुलेको छैन ।