काठमाडौं । पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ। ७० वर्षीय उनी लामो समयदेखि मुटुको समस्या कारण उपचाररत थिए ।
चालिसेको मंगलबार बिहान गंगालाल अस्पतालमा निधन भएको काठमाडौं महानगरपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष दीपक केसीले जानकारी दिए । उनी गत भाद्र ११ गते अस्पताल भर्ना भएको र आज बिहान ७ बजे निधन भएको केसीको भनाइ छ।
उपचारकै क्रममा उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर ३ निवासी उनी २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट अवकाश भएका थिए । उनको आजै अन्तिम दाहसंस्कार हुँदैछ ।