काठमाडौं । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा विश्वका बिभिन्न देशहरुमा नेपालहरु अलपत्र परेका खबर नौल होइन । अलपत्र नेपालीको प्रभावकारी उद्वार हुन नसक्दा सरकारको आलोचना हुने गरेको छ । यता आज सितारा ट्राभल्स प्रालीको सक्रियतामा अष्ट्रेलियामा अलपत्र परेका १४८ जना नेपालीहरुलाई उद्दार मार्फत नेपाल ल्याईएको छ । सितारा ट्राभल्स प्रालीको सक्रियतामा अष्ट्रेलियाको सिड्नी, पर्थ, ब्रिश्बेन लगाएतका मुख्य शहरमा रहेका र कोरोनाका कारण समस्यामा परेका विद्यार्थी, भेटघाटमा गएका आफन्त र फ्लाइट नभएर बिचल्लीमा परेका १४८ जना नेपालीहरु उद्धार उडान मार्फत शनिबार नेपाल आएका हुन्।
उनीहरुलाई अष्ट्रेलियाबाट अगस्त २८ गते सिंगापुर एयरलाइन्स मार्फत सिंगापुर ल्याएर त्यहाँबाट सिल्क एयरलाइन्सले शनिवार दिउँसो काठमाडोैं ल्याइएको सितारा ट्राभल्सका प्रबन्ध निर्देशक बन्दना पन्त पाण्डेले बताइन् ।
कोरोनाका कारण नेपाल फर्किन नसकेको र नियमित फ्लाइट समेत नभएको अवस्थामा सितारा ट्राभल्सले यस्तो प्रतिकुल परिस्थितिमा समेत आफुहरुलाई आफ्नो जन्मभूमि नेपाल फर्कन पहल गरेको भन्दै उद्वारमा परेका नेपालीले सितारा ट्राभल्सलाई धन्यवाद दिए ।