आज थपिएका संक्रमित कुन जिल्लाका कति ? (विवरणसहित)

आज थपिएका संक्रमित कुन जिल्लाका कति ? (विवरणसहित)

काठमाडौं । नेपालमा शुक्रबार थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार २४२ पुगेको छ ।आज थप १२ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ ।

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका एकजना, उदयपुरका एकजना,ओखलढुंगाका एकजना, झापाका १५ जना, पाँचथरका २ जना, मोरङका ४७ जना, संखुवासभाका २ जना, सुनसरीका ४१ जना, सोलुखुम्बुका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका २० जना, पर्साका एकजना, बाराका ४ जना, महोत्तरीका १३ जना, रौतहटका २१ जना, सप्तरीका ७ जना र सर्लाहीका १३ जना र सिरहाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३५० जना, काभ्रेका १७ जना, चितवनका २६ जना, धादिङका १६ जना, नुवाकोटका ३ जना, भक्तपुरका ५४, मकवानपुरका ५१ जना, सरुवाका एकजना,ललितपुरका ११ जना, सिन्धुपाल्चोकका एकजना र सिन्धुलीका २ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका १६ जना, गोरखाका एकजना, तनहुँका ४ जना, नवलपरासी पूर्वका ११ जना, लमजुङका २ जना र बाग्लुङका एकजनामा कोरोना पुष्टि भएको छ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका २ जना,कपिलवस्तुका २ जना, दाङका एकजना, नवलपरासीका २ जना, बर्दियाका २ जना, बाँकेका ३६ जना, रुपन्देहीका ७२ जनामा कोरोना पुष्टि भएको छ ।

डा गौतमका अनुसार कर्णाली प्रदेशका जिल्लाहरुमा जुम्लाका ६ जना, दैलेखका ११ जना र सल्यानका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कंचनपुरका एकजना, कैलालीका ११ जना, डोटीका ९ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।