गण्डकी प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित

पोखरा ।  गण्डकी प्रदेशमा बिहीबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी  प्रदेशमा विहिबार बिहान थप २५ जनामा कोरोना पुष्टि भएको हो । 

नयाँ संक्रमितहरुमा लमजुङका ४ जना, बाग्लुङका ८ जना, तनहुँका ९ जना, पर्बतका एक जना र नवलपरासी पूर्वमा ३ जना रहेका छन् । नवलपरासी पूर्वका तीन जनाको चितवन मेडिकल कलेजमा भएको परिक्षणमा कोरोना पुष्टि भएको हो । 
।  

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पर्बतको जलजला गाउँपालिकाका संक्रमित भारतबाट आएका हुन् । 

त्यस्तै बाग्लुङ(१ का संक्रमित नेपाल प्रहरीमा कार्यरत छन् भने बाग्लुङ(८ का संक्रमित भारतबाट आएको ट्राभल हिस्ट्री रहेको छ । त्यस्तै लमजुङको बेशीशहरमा कार्यरत २ जना नेपाली सेनाका जवान हुन् भने एक जना बेशीशहर नगरपालिकाका कर्मचारी हुन् । अन्य सबै संक्रमित कन्ट्रयाक्ट ट्रेसीङबाट पत्ता लागेका संक्रमित हुन् ।       

अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६६५ रहेको छ भने निको हुने दर ८४।२१ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।  त्यस्तै प्रदेशमा अहिलेसम्म १९७७ जना संक्रमित भएका छन् ।