काठमाडाैं । संयुक्त राज्य अमेरिका, ब्राजिल र भारतमा मृतकको वृद्धि हुने क्रममा कोरोनाभाइरसबाट विश्वव्यापी मृत्युको हुनेको संख्या ८ लाख २ हजारभन्दा बढी पुगेको छ। रोयटर्सको गणनाका अनुसार कोभिड-१९ बाट २४ घण्टामा लगभग ५ हजार ९ सय मानिस मरेका छन्। त्यो भनेको प्रति घण्टा २४६ व्यक्ति वा प्रत्येक १५ सेकेन्डमा एक व्यक्ति बराबर हुन्छ।
विश्वभरि सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २ करोड ३९ लाख पुगेको छ भने निको भइसकेकाको संख्या १ करोड ५६ हजार र मृतकको संख्या ८ लाख २० हजार पुगेको छ। त्यस अनुसार अमेरिकामा आजसम्म मृत्यु हुने संख्या १ लाख ८० लाख छ । यो विश्वमै सबभन्दा उच्च संख्या हो। ब्राजिलमा आजसम्म मृत्यु हुने संख्या १ लाख १७ हजार छ ।
विश्वको दोस्रो सबैभन्दा जनसंख्या भएको देश भारतमा कोभिड-१ बाट मर्नेको संख्या ५९ हजार ४ सय ४९ पुगेको छ । ब्राजिल र संयुक्त राज्य अमेरिका पछाडि भारत तेस्रो देश हो । भारतलाई रुस र दक्षिण अफ्रिकाले पछ्याइरहेका छन्।
जनस्वास्थ्य विज्ञहरूले ब्राजिल र संयुक्त राज्य अमेरिकाको महामारीको विरूद्ध लड्नको लागि अहिलेसम्म कुनै समन्वित योजना नभएको यो चेतावनी दिएका छन्। त्यहाँका अधिकारीहरु विद्यालय र व्यवसाय खोल्नमा केन्द्रित छन् । यसले प्रकोप बिगार्न सक्ने सम्भावना रहेको छ। ब्राजिलका धेरैजसो शहरमा पसलहरू खोल्न थालिएको छ ।