मध्यरातमा वीरगञ्जको कोरोना अस्पतालबाट भागेका दुई संक्रमित अझै फेला परेनन्

मध्यरातमा वीरगञ्जको कोरोना अस्पतालबाट भागेका दुई संक्रमित अझै फेला परेनन्

वीरगञ्ज । वीरगञ्ज हेल्थ केयर कोरोना विशेष अस्पतालबाट गए मध्यराति भागेका दुई जना कोरोना संक्रमित  अझै फेला परेका छैनन् । 

डिलक्स क्याबिनमा बस्दै आएका उनीहरु कसरी भाग्न सफल भए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । राति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले संक्रमित नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । अस्पतालको पछाडिबाट हाम फालेर भागेको हुन सक्ने आशंका प्रहरीको छ । 

उनीहरुको खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दियो ।  घरपरिवारको पनि संम्पर्कमा नरहेकोले खोजतलासमा समस्या भएको प्रहरी स्रोतले बतायो ।