कोरोनाको 'हटस्पट' बन्दै पर्सा, बिहानै  थपिए १४५ जना संक्रमित

कोरोनाको 'हटस्पट' बन्दै पर्सा, बिहानै  थपिए १४५ जना संक्रमित

वीरगञ्ज । पर्सामा १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर ल्याबमा स्वाब नमूना परीक्षण गर्दा पर्साका १४५ जनामा संक्रमण देखिएको हो। संक्रमितहरु ३ वर्षदेखि ७० वर्ष उमेर समूहका छन् ।

नेशनल मेडिकल कलेज, भवानी र तराई हस्पिटलका गरी ५ जना डाक्टर, जिल्ला प्रहरी कार्यालयका कर्मचारी, नारायणी एफएमका कर्मचारी र जीतपुर आर्मी ब्यारेकका नेपाली सेनामा समेत संक्रमण देखिएको छ । यसअघि पर्सामा ३ सय ८७ जना महिलासहित १ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमा २२ जना भारतीय नागरिक, १२० जना स्वास्थ्यकर्मी, ८६ सुरक्षाकर्मी, ८ जना पत्रकार, ८९ कैदी थुनुवा, ४८ जना अस्पताल सफाइकर्मी, गार्ड र कार्यालय सहयोगीसमेत संक्रमित भए । 

पर्सामा हालसम्म कोभिड–१९ को संक्रमणबाट २८ जनाको मृत्यु भैसकेको छ ।