माधव नेपालका सात अङ्गरक्षकमा कोरोना संक्रमण पुष्टि

माधव नेपालका सात अङ्गरक्षकमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सात अङ्गरक्षक (पीएसओ)मा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार, उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरूको मात्र कोरोना पोजिटिभ देखिएको छ ।

शुक्रबार गरिएको परीक्षणको शनिबार प्राप्त रिपोर्ट अनुसार पूर्वप्रधानमन्त्री नेपालसहित परिवारका अन्य सदस्यको सबैको रिपोर्ट नेगेटिभ आएको छ ।