काठमाडौं । प्रशासनले लगाएको निषेधाज्ञा उल्लङ्घन गरेको अभियोगमा एक हजार १७० जना कारबाहीमा परेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरबाट निषेधाज्ञाको समयमा सडकमा निस्किएको अभियोगमा उनीहरुलाई कारबाही गरिएको हो ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलका अनुसार उनीहरुलाई दुई घन्टा सडकमा होल्ड गराएर छाडिएको छ । बिहीबारबाट प्रशासनले उपत्यकाका तीन जिल्लामा साता व्यापी निषेधाज्ञा लागू गरेको छ ।
पहिलो दिनमा विना काम निस्किएका ४१५ वटा दुई पांग्रे र एक सय ७९ वटा चार पांग्रे सवारीसाधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।